Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेकोले प्रदेश सभामा कायम रहेको प्रदेशसभा सदस्यको बहुमत रहेकोले विश्वासको मत प्राप्त गरेको सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरे ।

कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सत्ता साझेदारीको परिणाम नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् ।

एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिने पक्षमा मतदान गरेका कारण मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् । कोशी प्रदेशसभाको हाल कायम सांसद संख्या ९२ रहेको छ । सोमबारको बैठकमा भने ८३ जना प्रदेश सांसद मात्रै उपस्थित थिए ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २९ मध्ये २२ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । बैठकमा कांग्रेसका सात अनुपस्थित बने ।

राप्रपाका चार सांसद भने मत दिन्न भन्ने पक्षमा मतदान गरे । जसपा नेपालकी सांसद निर्मला लिम्बु बैठकमै उपस्थित भइनन् ।

View : 29

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved