Biratnagar, Morang, Nepal
१३ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस महानगर अधिवेशन :

सभापतिमा कार्की र गिरी मैदानमा

उद्‌घोष संवाददाता
१२ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेता कृष्णबहादुर कार्की र केशव गिरी चुनावी मैदानमा उत्रिएका छन् । 

कार्की र गिरीले आइतबार कांग्रेस पार्टी कार्यालयमा नगर सभापति पदका लागि मनोनयन पत्र दर्ता गरेका हुन् ।

महानगर समितिको सभापति चयनका लागि हुने निर्वाचनमा कार्की र गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत विकास थापाले जानकारी दिए । 

उम्मेदवारी दर्तासँगै महानगर सभापति पदमा दुईबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् ।

कांग्रेसमा विद्यार्थी राजनीतिबाट सक्रिय भएका सभापतिका दाबेदार कार्की अघिल्लो महानगर अधिवेशनमा सभापतिका प्रत्यासी थिए । कुनै समय नेता कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका कार्की पछिल्लो समय संस्थापन धारमा देखिने गरेका छन् ।

सामाजिक काममा सक्रिय रहेका कार्कीले पुस्तान्तरणको मुद्दालाई केवल नेतृत्व परिवर्तनको विषय मात्रै नभई नयाँ सोच, ऊर्जा र जिम्मेवारीको सुरुवात भएको बताउँदै आएका छन् ।

सभापतिका अर्का दाबेदार गिरीले कांग्रेसमा सुधारको संकेत देखिए तर कार्यकर्ता तहमा अझै पनि सुधारको आवश्यकता रहेकोले आफूले पार्टीको तलैसम्मको सुधारका लागि उम्मेदवारी दिएको बताएका छन् ।

उनले सवै कांग्रेसीको भावनालाई नयाँ ठाउँ दिनका लागि आफू अघि सरेको स्पष्ट पारेका छन् ।

यता, नगर महानगर समितिको दुई उपभापति मध्ये खुला उपसभापतिमा शुभाषिस कोइरालाको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका छन् । तर एक महिला उपसभापतिका लागि भने श्रुती शर्मा र कृष्णाकुमारी साहको उम्मेदवारी परेको छ ।

सचिव पदमा पनि वीरेन्द्रप्रसाद यादवको मात्र उम्मेदवारी परेकोले उनी पनि सर्वसम्मत भएका छन् । एक सह–सचिव पदमा टीकाराम सापकोटा र दिवस गिरीको उम्मेदवारी परेका कारण यहाँ पनि निर्वाचन हुने भएको छ ।

महानगर समितिको सदस्य पदमध्ये अघिकांश क्लष्टरमा सर्वसम्मतबाटै चयन भइसकेको निर्वाचन समितिले जनाएको छ ।

View : 65

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved