विराटनगर । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो विकासक्रम, चुनौती तथा आगामी अवसरबारे छलफल गरिएको थियो ।
सहभागीहरूले सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, इपीसी कम्पनी, परामर्शदाता तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा बढ्दो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे समेत छलफल गरिएको थियो ।
सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा आपसी सहकार्य आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा लिटमस इन्डस्ट्रिजले आफ्ना विद्युत् उत्पादनसम्बन्धी समाधानहरू प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक गरेको छ ।
कम्पनीले हाइ टेम्पेरचर लो स्याग कन्डक्टर र एआई आल्मुनियम–५९ कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो ।
यी प्रविधिको सुरुवातले लिटमस इन्डस्ट्रिजको उत्पादन पोर्टफोलियो विस्तार हुनुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा देखिँदै आएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
लिटमस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच सहकार्य निर्माणको महत्त्वमा जोड दिए ।
ऊर्जा क्षेत्र निरन्तर विकास भइरहेको अवस्थामा भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता,ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिटमस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय कम्पनी हो ।
कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारसम्बन्धी क्षेत्रमा प्रयोग हुँदै आएका छन् । कम्पनीले नेपालमा एल्युमिनियम तथा मिश्रधातु (बिियथ) चयमक उत्पादन गर्दै आएको जनाएको छ । पाँच दशकभन्दा लामो उत्पादन अनुभवका आधारमा कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ ।
View : 39
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved