Biratnagar, Morang, Nepal
२६ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

घनेन्द्र बस्नेतको १०औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

उद्‌घोष संवाददाता
२५ असोज २०८३, आइतवार

Advertisement

विराटनगर  । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का वरिष्ठ नेता तथा . घनेन्द्र बस्नेतको १०औँ पुण्य तिथिको अवसरमा मोरङ जिल्ला कमिटीको आयोजनामा विराटनगरमा शनिबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष क भीमबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य क. महेश रेग्मी, सीता पौडेल लगायतको उपस्थिति थियो ।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनताको मुक्तिका लागि १७ वर्ष जेल जीवन विताएका स्व. बस्नेत चर्चित नख्खु जेल तोड्ने नेताहरूमध्ये एक थिए ।  

सादगी, निडर, साहसी र स्वाभिमानी नेताका रूपमा परिचित बस्नेतले जीवनको अन्तिम समयसम्म पनि कम्युनिष्ट आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै आएका थिए । कार्यक्रममा वक्ताहरूले उनको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 

View : 72

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved