Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

एकै दिनमा ४६ फरार अभियुक्त पक्राउ

उद्‌घोष संवाददाता
२० फागुन २०८०, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुरका बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्दाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्दाका ४१ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्दाका ४ जनालाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका फरार १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराइएको  बताइएको छ ।

View : 550

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved