झापा । कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया झापाको भद्रपुरमा सम्पन्न भएको छ । कानूनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इन्स्टिच्युट अफ ल विराटनगरको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको थियो ।
अन्तरक्रियामा इन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी हुन सक्छ भन्ने प्रस्तुति दिएका थिए ।
आईटीविज्ञ कोइरालाले एआईको परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए ।
उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए । विज्ञ कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।
कोइरालाले एआईप्रति पूर्ण निर्भरता सिर्जनशील मानिसका लागि घातक हुने भनी सजग गराए ।
उनले कानूनका विद्यार्थी तथा कानून व्यवसायीले मस्यौदा लेखन, बहस नोट, सैद्धान्तिक ज्ञान जस्ता विषयमा एआई उपयोगी हुन सक्ने बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलाले एआई उपपोगी साधन रहेकाले नव कानून व्यवसायीले अधिकतम् लाभ लिन सक्नु पर्ने बताए ।
मनमोहन स्कूल आफ लका प्राचार्य अधिवक्ता कोषराज न्यौपानेले नयाँ प्रविधि सबैका लागि उपयोगी रहेको बताए ।
उनले नयाँ र पुराना सबै कानून व्यवसायी प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिए ।
कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले नव कानून व्यवसायीका लागि एआई निकै उपयोगी भएको बताए । उनले अबको कानूनी अभ्यास प्रविधिबिना सम्भव नहुने बताए ।
कार्यक्रममा मनमोहन इष्टिच्युट अफ लका विद्यार्थी तथा झापाका कानून व्यवसायीसमेत गरी ६० जना भन्दाबढीको सहभागिता रहेको थियो ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved