Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

भानुमा नयाँ विद्यार्थीलाई अभिमुखीकरण

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । भानु कलेजले नयाँ शैक्षिक सत्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिमूखीकरण कार्यक्रम गरेको छ । 

कलेजमा उज्जवल भविष्यको अभिलाशा लिएर कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका २२ औं ब्याचका ३५० वढी विद्यार्थीहरूलाई शिक्षक, शिक्षिकाहरूसंगको परिचय, कक्षा ११ मा पढ्नु पर्ने विषयवस्तु तथा कलेजमा पालना गर्नुपर्ने निती नियमबारे जानकारी गराइएको थियो । 

कार्यक्रममा कलेजका प्राचार्य वसन्तकुमार बस्नेत, मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा दामोदर थापा क्षेत्री, निर्देशकहरू मोहनकुमार श्रेष्ठ, डा. नरेन्द्रकुमार चौधरी, डा. रामप्रसाद कोइराला, देवेश प्रधानलगायतले शुभकामना सहित विद्यार्थीहरूलाई अभिमूखीकरण गरेका थिए ।

View : 165

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved