सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येटोलस्थित बीपी चोकमा दुई समूहबीच झडप भएपछि गोली प्रहारमा संलग्न दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझको घटनामा स्थानीय वर्ष २४ का निरज कुमार यादवको टाउकोमा चोट लागेको छ ।
घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका वर्ष १८ का विष्णु कुमार यादव र वर्ष २६ का ललित भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘मानिसको मृत्यु भएको’ र ‘घाइते भएको’ सम्बन्धमा गलत सूचना प्रसारण भएको भन्दै प्रहरीले भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
प्रहरीले घटनाको वास्तविक विवरण बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
View : 93
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved