विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
परिसंघले सीएनआई बाटिकाको संरक्षण तथा बृक्षरोपणदेखि फरक क्षमताका बालबालिकालाई ह्वीलचेयर वितरण र रक्तदान गरेको हो ।
बरगाछीस्थित सीएनआईको सचिवालय अगाडि कोशी राजमार्गमा निर्माण गरिएको बाटिकामा विगतदेखि नै संरक्षण गर्दै आएको र यस वर्षपनि बिरुवाको गोडमेल, तारबार र ट्राफिक सचेतना बोर्ड मर्मत गरिएको जनाइएको छ ।
परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले धुपीका नयाँ बिरुवा रोपेर बाटिकामा थप वृक्षरोपण गरिएको जानकारी दिए ।
उनले बाटीका संरक्षण र सुन्दरता बनाउने कार्यका लागि परिसंघले हरेक बर्ष कार्यक्रम गर्दै आएको बताए ।
सोही अवसरमा परिसंघले फरक क्षमता भएका बालबालिकालाई ह्वीलचेयर प्रदान गरेको छ । कटहरी गाउँपालिका–१ जम्टोकी की ७ वर्षीय सुवान चौधरीलाई ह्वीलचेयर प्रदान गरिएको हो । उनको फरक क्षमता भएका कारण कक्षा १ मा भर्ना भए पनि विद्यालय जान आउन नसक्ने अवस्था रहेकोले सुविधायुक्त ह्वीलचेयर सहयोग गरिएको जनाइएको छ ।
परिसंघका अध्यक्ष सारडासहित संस्थापक अध्यक्ष भीम घिमिरे, बरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा, कायक्रम संयोजक दीपक पौडेल लगायतले संयुक्त रुपमा ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी, परिसंघको आयोजनामा गरिएको रक्तदानमा पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरूसहित २८ जनाले रगत दान गरेको परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved