Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

जनता र पार्टीको सेवामै समर्पित किशोरकुमार चौधरी

उद्‌घोष संवाददाता
७ असोज २०८३, बुधवार

Advertisement

बर्जु । नेपाली कांग्रेसका निष्ठावान् नेता किशोरकुमार चौधरी बर्जु गाउँपालिका वडा नं. ५ (अमाहीबेलाहा) को वडा अधिवेशनबाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । हालै सम्पन्न वडा अधिवेशनबाट उनी पार्टीको १५ औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा चुनिएका हुन् ।

करिब ५६ सय मतदाता रहेको बर्जु गाउँपालिकाको सबैभन्दा ठूलो वडा, वडा नं. ५ बाट नेतृत्व सम्हाल्दै आएका चौधरीले विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठनमा निरन्तर योगदान पु¥याउँदै आएका छन् । 

२०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को तत्कालीन अमाहीबेल्हा गाउँ एकाइ अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका उनी तरुण दलको सभापति, पार्टीको सुनसरी जिल्ला सदस्य हुँदै २०४९ सालमा सुनसरी क्षेत्र नं. ३ को क्षेत्रीय सभापति समेतको जिम्मेवारी सम्हालेका थिए ।

हाल नेपाली कांग्रेस सुनसरी जिल्ला संगठन विभाग सदस्य तथा बर्जु गाउँपालिका संयोजकको जिम्मेवारीमा रहेका चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्जु–५ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका विकास निर्माण तथा सामाजिक कार्य गरेका थिए ।

वडाध्यक्षको कार्यकालमा उनले वडाभित्र सडक पूर्वाधार, मठमन्दिर, शिक्षा, स्वास्थ्य तथा धार्मिक पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम गरेका थिए । 

विशेषगरी बर्जु–५ अमाहीबेलाहामा स्थानीय आस्थाको केन्द्र ’बिच्छु धामी ग्रामथान’ निर्माणमा उनले खेलेको नेतृत्वदायी भूमिकालाई स्थानीयवासीले अझै पनि स्मरण गर्दछन् । 

त्यसैगरी, विनाशकारी बाढीपीडितको उद्धार तथा राहत वितरणदेखि कोरोना महामारीको कठिन समयमा जनताको घरदैलोमै पुगेर सेवा पु¥याउन उनी अग्रमोर्चामा खटिएका थिए ।

क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि प्रतिक्रिया दिँदै नेता चौधरीले भने, ‘म नेपाली कांग्रसको एक सच्चा र निष्ठावान् सिपाही हुँ । विगतमा जस्तै आगामी दिनमा पनि पार्टी संगठनलाई थप सुदृढ बनाउन र जनताको सुख–दुःखमा सधैं साथ रहन निरन्तर समर्पित रहनेछु ।’

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved