विराटनगरस्थित प्रोफेसनल करियर एण्ड एजुकेशन प्रालिमा अध्ययनरत विद्यार्थीहरूले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा गत जेठमा सञ्चालित सीए परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्।
संस्थामा अध्ययनरत सलिना रेग्मीले कठिन मानिने सीएका सबै तह सफलतापूर्वक उत्तीर्ण गर्दै चार्टर्ड एकाउन्टेन्ट (सीए) को उपाधि प्राप्त गरेकी छिन्। यस पटकको परीक्षामा संस्थाले सीए फाउन्डेसनतर्फ उत्साहजनक ८० प्रतिशत नतिजा निकाल्न सफल भएको छ।
त्यसैगरी, क्याप–२ तह उत्तीर्ण गर्ने विद्यार्थीहरूमा अभिषेक चौधरी, अरविन्द ताजपुरिया, भावना लम्साल, धन्केश्वर चापागाईं, दिपेश खत्री, कनक भट्टराई, नविनकुमार मण्डल, निजल खत्री, सानिया बानो, शिवकुमार साह, श्यामसुन्दर शाह, सोनमकुमारी साह र सुजिता साह रहेका छन्।
उत्कृष्ट अङ्कका साथ विभिन्न तह उत्तीर्ण गर्न सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई संस्थाले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।
विराटनगर–२, मुनालपथमा अवस्थित यस शैक्षिक संस्थाले लामो समयदेखि सीए तयारी गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र यस नतिजाले संस्थाको गरिमा थप बढाएको निर्देशक किञ्जल पोखरेलले बताएका छन्।
कार्यक्रममा सो संस्थाका अध्यक्ष डा. मोहनकुमार सुवेदी, निर्देशक विनयविष्णु केसी, संयोजक सरोज पोखरेल र प्रशासन प्रमुख दुर्गा प्रसाई लगायतले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना व्यक्त गरेका थिए।
View : 168
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved