विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाको अन्तिम जिल्ला संखुवासभामा नेकपा एमालेका उम्मेदवार डा.अर्जुन कार्की निर्वाचित भएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिङमा शेर्पालाई ६३६ मतान्तरले पराजित गरेका छन् ।
सोमबार राती ११ बजे घोषित अन्तिम मतपरिणाम अनुसार एमालेका डा.कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.कार्की अमेरिकाका लागि नेपाली राजदुतका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी लामो समयदेखि सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् ।
त्यस्तै कांग्रेसका दिपक कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ र नेकपाकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरेकी हुन् ।
देशभरको १६५ निर्वाचन क्षेत्रमध्ये संखुवासभाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक बाँकी रहेको थियो । मतगणनालाई तिब्रता दिन सोमबार गणक टोली थपेर छिटो गरिएको हो ।
संखुवासभाका मतगणना कार्यसमेत दुईदिनपछि सुरु भएको थियो । दुर्गम क्षेत्रबाट ल्याउनुपर्ने मतपेटिका मौसम खराब भएका कारण हेलिकप्टर नउड्दा समस्या भएको थियो ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved