Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस

उद्‌घोष संवाददाता
२४ वैशाख २०८३, बिहिवार

Advertisement

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले आज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिए ।

परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved