Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नेवारी संस्कृति संरक्षण गर्न सामग्री प्रदान

उद्‌घोष संवाददाता
१० वैशाख २०८३, बिहिवार

कटहरी । मोरङको कटहरी गाउँपालिकाले नेवारी संस्कृति संरक्षणको क्षेत्रमा काम गर्ने संस्था नेवाः देय दबुलाई संस्कृतिसँग जोडिएको सामग्री प्रदान गरेको छ । 

गाउँपालिकाले कटहरी–१ को सो संस्थालाई लाखे नाचमा प्रयोग हुने सामग्रीसहित बाजागाजा प्रदान गरेको हो ।

गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरीले नेवाः देय दबुका अध्यक्ष लक्ष्मीभक्त राजभण्डारीसहित संस्था आबद्ध कलाकर्मीहरूलाई सांस्कृतिक पहिचानसँग जोडिएको सामग्री प्रदान गरेका हुन् । गाउँपालिकाले दबुलाई लाखेको मुखुण्डो एक थान, लाखेको पोशाक एक जोरसहित गरगहना, ढोलक, झ्याम्टा र घुँघरूलगायतका सामग्री प्रदान गरेको हो ।

तत्कालका लगि झण्डै एक लाख रूपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको तथा छिट्टै संस्थाको माग अनुसारका थप सामग्रीहरू प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले नेवा संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको उद्देश्यसहित ती सामग्री प्रदान गरिएको बताए । उनले पालिकाले नेवार समुदायका साथै, सन्थाल सहितका विभिन्न जातीय संस्कृति संरक्षणको क्षेत्रमा क्रियाशील संस्थाहरूलाई उनीहरूको आवश्यकता तथा माग अनुसारको सामग्रीहरू उपलब्ध गराउँदै आएको जानकारी दिए ।

कटहरी गाउँपालिकाको वडा नम्बर १ मा नेवार समुदायका २३ घर परिवारको बसोबास छ भने गाउँपालिकाभरीमा सो समुदायका १ सय ३० परिवारको बसोबास रहेको कटहरी–१ का वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए ।

View : 330

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved