Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ऋण नतिरेको भन्दै विराटनगरको ‘मेगाटेक’ मा नविल बैंकले गर्यो तालाबन्दी

उद्‌घोष संवाददाता
७ साउन २०८२, बुधवार

विराटनगर । विराटनगरको मेनरोडमा रहेको चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी मेगाटेक सोलुसनमा नविल बैंकले तालाबन्दी गरेको छ ।

ऋण कर्जा नतिरेको भन्दै बुधबार बैंकका प्रतिनिधिहरूले प्रहरीको उपस्थितिमा मेगाटेकको बिक्री कक्ष र मर्मत कक्षमा ताला लगाएर शिलबन्दी गरेका हुन् । मेगाटेकले कर्जा उपभोग गर्दा धितो सुरक्षण वापत राखेको पसल तथा गोदाममा बैंकले तालाबन्दी गरेको जनाएको छ ।

मेगाटेकले बैंकबाट ऋण लिंदा पसल तथा गोदाम परिसरभित्र रहेको मौज्दात तथा अन्य सरसामाग्री समेत ऋणीले यस बैंकबाट ऋणकर्जा उपभोग गर्दा हाईपोथिकेसन तथा सुरक्षण लेखिदिएको र बैंकबाट ऋणकर्जा लिंदा तोकिएको शर्तबन्देज उल्लंघन गरेको जनाएको छ । 

‘तोकिएको भाखा अवधिभित्र बैंकको ऋणकर्जा नतिरी कर्जाको शर्त बन्देजहरूको उल्लंघन बर्खिलाप गरेकोले यस बैंकले उक्त पसल तथा सो पसलको परिसर भित्र रहे भएका मौज्दात तथा अन्य सरसामाग्री मालसामानहरू समेत यस बैंकले कर्जा असुलीको कारवाही अगाडि बढाउने सिलसिलामा आफ्नो नियन्त्रणमा लिने क्रममा तालाबन्दी गर्नु पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा विराटनगर महानगरपालिका वडा नं.–७ को कार्यालयबाट खटि आएका पदाधिकारीहरूको रोहवरमा उक्त पसल÷गोदाममा तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।’

बैंकले मेगाटेक सोलुसनका संचालकको घरमा रहेको गोदाममा समेत शिलबन्दी गरेको जनाइएको छ । 

नविल बैंकका कोशी प्रदेश कार्यालयका प्रमुख दिपक कुमार श्रेष्ठले ऋणीको तर्फबाट जहाँ स्टक (गोदाम) भनेर देखाएको हो त्यहाँ बैंकको प्रक्रिया अनुसार शिलबन्दी गरेको जानकारी दिए ।

View : 2227

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved