Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

तीनजना चढेको बाइक र बाेलेरो ठोक्किंदा तीनै जनाको मृत्यु

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–८ मा बुधबार विहान भएको सवारी दुर्घटनामा तीनजना युवकको मृत्यु भएको छ ।

साढे ५ बजेतिरको समयमा दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका तीन युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेहरूमा झापाकै कमल गाउँपालिका–४ का २५ मौषम राई, २० बर्षीय युनिश भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा तिनै जनाको मृत्यु भएको जनाइएको छ ।

घटनामा संलग्न बोलेरो चालक मेचीनगर–६ झापाका ऋषिराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved