विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना गरेको छ ।
यसअघि कोशी प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको पार्टीले राजधानीमा पनि आन्दोलनलाई निरन्तरता दिएको हो ।
प्रधानमन्त्री शाहले संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको थियो ।
उक्त भनाइलाई श्रम संस्कृति पार्टीले ‘तथ्यहीन र राष्ट्रघाती’ भन्दै विरोध जनाएको छ ।
पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमाथि आघात पु¥याएको दाबी गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे ।
उनले अभिव्यक्ति नसच्याइए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए ।
पार्टीका नेता अमीर राईले पनि प्रधानमन्त्रीको भनाइले देशको प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भन्दै विरोध प्रदर्शनमा उत्रिनुपरेको बताए ।
आन्दोलनकारीहरूले संसदको अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राखेका छन् ।
आन्दोलनमा सहभागीहरूले ‘बालेन सरकार राजीनामा दे’ लगायतका नारासमेत लगाएका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा व्यापक बहस जारी छ ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved