सीप प्रदर्शन र उद्योगसँग सम्बन्ध बनाउँदै सकियो सीप उत्सव
विराटनगर । युवा तथा विद्यार्थीहरूलाई सीप, अवसर तथा उद्यमसाग जोड्ने मुख्य उद्देश्यले आयोजित सीप उत्सवमा सहभागी भई सीप प्रतिष्पर्धा गरेका उत्कृष्ट युवा विद्यार्थीहरू सम्मानित भएका छन् ।
उद्योग संगठन मोरङको आयोजनामा इन्स्योर÷हेल्भेटास नेपालको प्रँविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा आइतबार आयोजित ‘सीप उत्सव २०८३’ अटोमोवाइल क्षेत्रबाट महमोहन स्मृति पोलिटेक्निक हातिमुडाका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्ट क्षेत्रबाट नरबहादुर कर्माचार्य वहुप्राविधिक शिक्षालय इटहरीकी आकृति पौडेल र सूचना प्रविधि क्ष्ँेत्रबाट कन्काई पोलिटेक्निकका मनिष घिमिरे प्रथम भएका छन् ।
उनीहरूलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ‘स्किल आईकन २०८३’ को अवार्डसहित जनही १० हजार रुपैयाँले पुरस्कृत गरेका छन् ।
‘सीपका लागि उद्योग, करियरका लागि भविष्य’ भन्ने नाराका साथ आयोजना गरिएको उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय र प्राविधिक शिक्षालयबाट एक हजार बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
उत्सवलाई विद्यार्थीहरूका लागि आफ्नो अवसर यात्राका रूपमा तयार पारिएको थियो ।
सहभागीहरूले सिकाइका क्षेत्रहरू हुँदै आफनो रुचि, क्षमता, सम्भावित अवसर तथा उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
उत्सवको समापनका अवसरमा बोल्दै मन्त्री मेहताले सीपयुक्त जनशक्ति निर्माणका लागि सीप प्रतिष्पर्धा गर्दै अघि बढ्नुपर्ने बताए । उनले उद्योग र शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे ।
मन्त्री मेहताले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने दिशामा अघि बढ्न आग्रह गरे ।
उद्योगी व्यवसायीहरूको नेतृत्वमा हुने यस प्रकारका उत्सवले प्रदेशको उद्यमशिलता विकासमा सहयोग पुग्ने बताए ।
‘अब सीप प्रतिष्पर्धामार्फत सवैले अझ अगाडि बढ्ने सोच राख्नुपर्छ, सीप विकासकै माध्यमबाट आफ्नै देशमा रोजगारी सिर्जना हुने त्यसमा उद्योगी व्यवसायीले सहयोग गर्नुपर्छ’ मन्त्री मेहताले भने, ‘सेवामुलकमा निजी क्षेत्रको सहयोगलाई बढाउँदै सीप सिकेर विदेश नै जानुपर्छ भन्ने मान्यतालाई परिवर्तन सके देशको पनि विकास हुन्छ ।’
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति अभाव हटाउन सीपमुलक शिक्षाबाट उत्पादित जनशक्ति र सीपबीच रहेको अन्तरलाई कम गर्नुपर्ने बताए ।
त्यसैका लागि संगठनले अप्रेन्टिसीप कार्यक्रम तथा सीप उत्सव जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिए ।
उनले विद्यार्थीहरूलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसँग प्रत्यक्ष जोड्न सफल भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नवउद्यमशिलता र दक्ष जनशक्ति विकासमा सरोकारवाला पक्ष्ँबीच हातेमालो आवश्यक भएको बताए ।
उनले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन तथा रोजगारीका अवसर विस्तारमा सहकार्यको आवश्यकता औंल्याए ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले सीप उत्सवले विद्यार्थीहरूलाई सीप, उद्योग, रोजगार, उद्यमशीलता तथा नवप्रवर्तनस“ग जोड्ने काम गरेको बताए ।
उनले सीपदेखि करियरसम्मको यात्रालाई व्यवहारिक रूपमा अनुभव गराएको बताए ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिल शाहले विद्यार्थीहरूलाई आफनो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन, स्थानीय अवसरहरूको पहिचान गर्न सीप उत्सवले भूमिका निर्वाह गरेको बताए ।
उत्सवमा प्रेरणादायी सत्र अन्तरगत विभिन्न सीप तथा पेशामा सफल उद्यमीहरूले आफ्नो संघर्ष र सफलताका बारेमा अनुभव प्रस्तुत गरेका थिए ।
त्यस्तै सीप उत्सवका अवसरमा विभिन्न कक्षहरूमार्फत अवसरहरूको परीक्षण, परामर्श, करियर ट्री, मेरो देश मेरै उत्पादन, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनी गरिएको थियो ।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दिपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवका क्षेत्रहरूले विद्यार्थीहरूलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासँग जोड्ने अवसर प्रदान गरेको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरूमा सीपमुखी शिक्षा तथा करियरप्रतिको सकारात्मक सोच विकास भएको बताए ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालयहरूका साथै निजी क्ष्ँेत्रका संघ÷संस्था, विकास साझेदारहरू, विभिन्न विद्यालय तथा कलेजको शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved