Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

निशुल्क हार्डवेयर तालिम

उद्‌घोष संवाददाता
३१ चैत २०८१, आइतवार

Advertisement

विराटनगर। विराटनगर–११ मा निशुल्क कम्प्युटर हार्डवेएर तालिम शनिबारबाट सुरु गरिएको छ । सो तालिमको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले   उद्‌घाटन  गरेका हुन् ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आर्थिक सहयोग र प्राइम स्कुल अफ आइटी एण्ड टेलिकम्यूनिकेशन प्राली विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ ।

निशुल्क कम्प्यूटर हार्डवेयर तालिम ३ सय ९० घण्टाको हुने  टेलिकम्यूनिकेशन प्राली विराटनगरका निर्देशक नन्दु खवासले बताए ।  तालिमबाट ४० जना लाभान्वित हुने जनाइएको छ । 

कार्यक्रममा नेपाली कांग्रेस विराटनगर–११ का सभापति रामसुन्दर राजवंशी, प्राइम स्कुलकी प्रचार्य रुपा श्रेष्ठ, सुनम थापा मगर, साक्षी भगत, रिना थापा, कृष्ण पटेल, भूमिका राजवंशी, अञ्जली राजवंशी, दिनेशकुमार राजवंशी, खुशी कामत, कौशिला मेनेङ्बो, जिन जर्ज सिन्हा, आनन्दकुमार कामत, विवेक कामतलगायतको उपस्थिति थियो ।

View : 555

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved