Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ कानून व्यवसायीहरु सम्मानित

उद्घोष सम्वाददाता
२६ वैशाख २०८१, बुधवार

इनरुवा । कानून दिवसको अवसर पारेर कानून व्यवसाय पेशामा लामो समयदेखि कार्यरत  सुनसरीका सात जना अग्रज कानून व्यवसायीहरूलाई सम्मान गरिएको छ । 

नेपाल बार एसोसिएसन बार इकाई सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यक्रममा अग्रज कानून व्यवसायीहरू भवानीप्रसाद कोइराला, घनश्याम अधिकारी, हरिकृष्ण कर्माचार्य, गंगाबहादुर कार्की, हरिनारायण चौधरी, देविप्रसाद पोखरेल र रूद्रबीर जंग राणालाई सम्मान गरिएको हो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय, वरिष्ठ अधिवक्ताहरू अर्जुन मेहता, हेमराज पोखरेल, रामप्रसाद घिमिरे, सुमनचन्द्र कार्की  र कानून व्यवसायी परिषद्का सदस्य प्रेम पोखरेलले भादगाउँले टोपी, रुद्राक्षको माला, अबीर लगाएर उनीहरूलाई सम्मान गरेका थिए । 

कार्यक्रममा अग्रज कानून व्यवसायीहरूले निरन्तर पेशामा आवद्धताले नवोदित कानून व्यवसायीलाई बाटो देखाउन पहल गर्नुका साथै विभिन्न कालखण्डमा गरिएका योगदानलाई कदर गर्दै सम्मान गरिएको अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

नेपालमा वि.सं. २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई वि.सं. २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो ।

View : 61

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved