Biratnagar, Morang, Nepal
१ चैत २०८२, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपमा केराबारी फुटबल क्लबको बिजयी सुरुवात

उद्‌घोष संवाददाता
३० फागुन २०८२, शनिवार

सुनसरी । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृतिमा गोल्डकपमा केराबारी फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । 

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार भएको उदघाटन खेलमा झापाको जलथल फुटबल क्लबमाथि ३–० गोल अन्तरको जीत निकाल्दै केराबारीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

केराबारीको जीतमा ओशन राई, भुवन बस्नेत र अनिल परियारले गोल गरे । राईले खेलको १३ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १–० को अग्रता लिएको केराबारीका लागि बस्नेतले ५१ औं मिनेट गोल गरेर अग्रता दोब्बर बनाए । 

परियारले ८० औं मिनेट गोल गरेपछि केराबारी सेमिफाइनलमा प्रवेश गरेको हो । 

उत्कृष्ट प्रदर्शन गरेका केराबारीका ओशन राई खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले ५ हजार ५ सय रुपैयाँ नगद र मेडल प्राप्त गरे । 

आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा क्लब उदयपुर र न्युस्टार क्लब बराहक्षेत्र सुनसरी बीच प्रतिस्पर्धा हुने आयोजक द योङ ब्रदर्श क्लबले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेताले गरेका थिए । आगामी चैत ७ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ टिम सहभागी छन् । 

प्रतियोगिताको विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने छ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिनेछ । 

इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने बिधागत उत्कृष्टले नगद १३÷१३ हजार रुपैयाँ पाउने छन् । 

View : 50

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved