विराटनगर । मोरङ बार एसोसिएसनका पूर्व अध्यक्ष एवम् सल्लाहकार अधिवक्ता विनयराज पाण्डेलाई मातृशोक परेको छ ।
उनकी आमा विमला पाण्डेको ८८ वर्षको उमेरमा सोमबार अपरान्ह निधन भएको हो ।
न्युमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट विराटनगर–९ स्थित आफ्नै निवासमा ल्याइएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवङ्गत पाण्डेको विराटनगर–७, हाटखोलास्थित परमविश्रान्तिघाटमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
स्वर्गीय पाण्डेका पति वरिष्ठ अधिवक्ता, वरिष्ठ साहित्यकार एवम् प्राध्यापक विश्वराज पाण्डे, दुई छोराहरू विजयराज पाण्डे र अधिवक्ता विनयराज पाण्डे, दुई छोरीहरू विना र विदा तथा नाति विपुलराज पाण्डे छन् ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved