उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९ दशमलव ३२ केजी गाँजासहित एक टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाइ ल्याइएको गाँजा बरामद गरेको हो ।
गाँजासहित प्रहरीले टिपर चालक सोम मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बरामद गाँजा, टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
View : 28
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved