विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ बाङ्गेमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
लायन्स क्लब अफ विराटनगर गुराँसको आयोजना र मोरङ सहकारी अस्पताल तथा विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो ।
शिविरको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गरे । स्थानीय गुराँस हर्बास्युटिकल्स उद्योग परिसरमा आयोजना गरिएको शिविरमा वरिपरिका बासिन्दासहित अधिकांश विपन्न वर्गले सेवा लिएका थिए ।
शिविरमा आँखा जाँचका साथै विज्ञ चिकित्सकहरुले विभिन्न प्रकारका स्वास्थ्य जाँच सेवा दिएका थिए ।
शिविरमा आएका अधिकांशमा सुगर, प्रेसर र २२ जनामा मोतियाबिन्दु सम्बन्धी समस्या देखिएको आयोजक लायन्स क्लब अफ विराटनगर गुराँसका अध्यक्ष विजय दाहालले जानकारी दिए ।
उनले शिविरमा आएका विरामीलाई आवश्यक औषधि निःशुल्क वितरण गरिनुका साथै मोतियाबिन्दुको समस्या देखिएका विरामीलाई निःशुल्क शल्यक्रियाको ब्यवस्थासमेत मिलाइएको जानकारी दिए ।
लायन्सका डिस्ट्रिक भाइस गभर्नर रमेश खत्री, गुराँस हर्बास्युटिकल्सका सञ्चालक उदयनारायण बराल लगायतले क्ल्बले स्वास्थ्य सचेतना कम रहेको क्षेत्रमा शिविर आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्दै ग्रामीण क्षेत्रका अन्य भित्री बस्तीहरुमा समेत शिविरलाई निरन्तरता दिनुपर्ने बताए ।
View : 170
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved