Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

थकाली ब्राण्डको लोकप्रियता बढ्दै

उद्‌घोष संवाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । विराटनगरको सेञ्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले बजारमा ल्याएको थकाली ब्राण्डको चामलले छोटो समयमै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । 

कम्पनीले सो ब्राण्डको चामलको अझैं बिक्री प्रवर्द्धन गर्न बिक्रेताहरूलाई पुरस्कृत गर्न थालेको छ । केही दिन पहिले मोरङको विराट चौकस्थित होटल नेफालीरिकामा एक कार्यक्रमको आयोजना गरी बित्रेताहरूलाई फुरस्कृत गरेको छ ।

थकाली ब्राण्डको चामल बिक्री गर्ने बित्रेताहरूमध्ये विराटनगरको बिकानेर ट्रेडर्स उत्कृष्ट भएको छ । पूर्वका ३ सय ५० बिक्रेताहरूमध्येबाट बिकानेर ट्रेडर्स पहिलो भएको हो । सो बिक्रेता कम्पनीका प्रोप्राइटर विकास चौरडिया हुन् ।

त्यसैगरी दोस्रो इटहरीको आशिष ट्रेडर्स भएको छ । सो ट्रेडर्सका प्रोप्राइटर दिलिप मोहता हुन् । तेस्रो भने धरानको एमएम ट्रेडर्स भएको छ । एमएम ट्रेडर्स मुरलीधर डागाको हो । पुरस्कृत बिक्रेताहरूलाई कम्पनीका निर्देशकद्वय राजेन्द्र अग्रवाल र राजेश अग्रवालले सम्मान गरेका थिए ।

यस्तै कार्यक्रम निकट भविष्यमा काठमाडौं र पोखरा क्षेत्रलाई लक्षित गरी काठमाडौंमा अयोजना गरिने भएको छ ।

सो अवसरमा बोल्दै राजेन्द्र अग्रवालले आफू यूरोप भ्रमणमा गएको बेलामा आठ वर्षअघि लङ ग्रेनको चामलको भात खाँदा मिठो लागेर आफूले फनि त्यस्तै चामल बिक्री गर्ने अठोट लिएर थकाली ब्राण्डबाट लङ ग्रेनको चामल बित्री गर्न थालेको कथा सुनाए । लङ ग्रेनको चामल भारतको केरलाबाट आयात हुन्छ ।

View : 358

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved