उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव
विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवले प्रमाण र अनुसन्धानबिनै उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई धरपकड गरेर त्रसित बनाउने काम रोक्न सरकारसँग आग्रह गरेका छन् ।
उद्घोष दैनिकको २२ औँ वार्षिकोत्सवका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै यादवले राज्यले नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
‘अहिले दुईतिहाइ नजिकको सरकार छ । देशमा उद्योगी, व्यापारी र पब्लिकलाई सुरक्षा दिनुको सट्टा बिना पुख्ता प्रमाण र अनुसन्धान धरपकड गर्ने र त्रसित बनाउने काम नहोस्,’ उनले भने ।
यादवले प्रमाण प्राप्त नगरी जथाभावी धरपकड गर्ने प्रवृत्तिले मुलुकको आर्थिक तथा सामाजिक विकासलाई समेत प्रभावित पार्ने बताए ।
नेपालको संविधान, अधिकार र राज्यको संरचनाका विषयमा बहस भइरहे पनि विगतका कतिपय संवैधानिक तथा राजनीतिक माग अझै सम्बोधन हुन बाँकी रहेको उनले बताए ।
यादवले मुलुकमा बहुसांस्कृतिक, धार्मिक र सामाजिक सद्भाव कायम राख्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘देशमा बहुसांस्कृतिक, धार्मिक र सामाजिक सद्भाव कायम राख्न सरकार गम्भीर हुनुपर्छ,’ उनले भने ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved