झापा । राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत प्याब्सन झापाले उक्त रकम संकलन गरेको हो । संकलित रकम प्याब्सन नेपालमार्फत राहतका लागि उपलब्ध गराउने तयारी गरिएको छ ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो ।
राहत रकम प्याब्सन झापामा आबद्ध निजी तथा आवासीय विद्यालय, ती विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबाट जुटाइएको हो ।
विपद्को समयमा विद्यालय समुदायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सामूहिक रूपमा सहयोग संकलन गरिएको प्याब्सन झापाले जनाएको छ ।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक पर्ने भएकाले प्याब्सन नेपालको आह्वानपछि झापा शाखाले अभियान अघि बढाएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकदेखि शिक्षक तथा विद्यालय सञ्चालकसम्मलाई अभियानमा सहभागी गराइएको थियो ।प्याब्सन झापाका अध्यक्ष कार्कीले राहत संकलन अभियानमा सहयोग गर्ने शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय तथा अन्य सहयोगदाताप्रति आभार व्यक्त गरेका छन् ।
विपद्का बेला सामूहिक सहयोगमार्फत प्रभावित नागरिकको पीडामा साथ दिन सकिने भएकाले अभियानमा सबैको सहभागिता महत्वपूर्ण रहेको उनले बताए ।
संकलित ६० लाख रुपैयाँ प्याब्सन नेपालमार्फत राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारका लागि परिचालन गरिनेछ ।
राहत रकम प्रभावित क्षेत्रमा पुर्याउने तथा वितरण गर्ने प्रक्रिया प्याब्सन नेपालको समन्वयमा अघि बढाइने जनाइएको छ ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved