विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि निमित्त उपकुलपति डा. बिजुकुमार थपलियासहित ३४ जनाले आवेदन दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका ८ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन माग गर्दा पूविका लागि भने ३४ जनाले आवेदन दिएका हुन् ।
सरकारले बुधबार आठ वटै विश्वविद्यालयका लागि प्राप्त आवेदनको सूची सार्वजनिक गर्ने क्रममा कुल २ सय १८ जनाको आवेदन परेको जनाएको छ ।
सरकारद्वारा गठित छनोट समितिले उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरी कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्नेछ ।
यसभन्दा अघि डा. बिजुकुमार थपलिया २०८१ वैशाख १८ गते खुला प्रतिस्पर्धाकै माध्यमबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए ।
तत्कालीन समयमा १६ जना प्राध्यापकहरूलाई पछि पार्दै नियुक्त भएका थपलियाले त्यसअघि व्यवस्थापन संकायको डिन र निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका थिए ।
चार वर्षे कार्यकालका लागि नियुक्त भएका थपलिया पछिल्लो पटक भने सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेपछि स्वतः बर्खास्तीमा परेका थिए । यद्यपि सरकारले खुला प्रतिष्पर्धामार्फत उपकुलपति नियुक्ति गर्न आह्वान गरेबमोजिम उनले पनि पुनः आवेदन दिएका छन् ।
उपकुलपति पदका लागि उनीसहित विराटनगरका बाबुराम तिमिल्सिना, देवेन्द्र अधिकारी, उत्तमकुमार रेग्मी, उमेश कोइराला, अनिलकुमार पोखरेल, सन्देशदास श्रेष्ठ, राजनारायण यादव, अजय भट्टराईले पनि आवेदन दिएका छन् ।
महिलामा भोजपुरकी रोजी श्रेष्ठ र उदयपुर त्रियुगाकी ताराकुमारी काफ्लेले आवेदन दिएका छन् । त्यस्तै सुनसरी दुहवीका सुवर्ण पोखरेल र धरानका अशोककुमार झाले पनि आवेदन दिएका छन् ।
उपकुलपति पदका लागि आवेदन दिनेहरूमा विजय अर्याल, डिल्लीप्रसाद पौडेल, माधव लम्साल, राम लला मल्लिक, राम दयाल यादव, कृष्णप्रसाद पाण्डे, सुजन बाबु मरहट्टा, मुख्तार अन्सारी, ध्रुवलाल पाण्डे, जगतकृष्ण पोखरेल, उमेशकुमार आचार्य, नन्दकिशोर साह, काजिराम अधिकारी, कादिर आलम, होमबहादुर बस्नेत, विनोदकुमार यादव, दिलिप पराजुली, जनार्दन लामिछाने, गोविन्दप्रसाद गुरागाईं, तुलसी दास श्रेष्ठ र नरेन्द्र कटुवाल छन् ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved