Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटले मनायो क्यान्सर दिवस

उद्‌घोष संवाददाता
२३ माघ २०८२, शुक्रवार

विराटनगर । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाएको छ ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । सो अवसरमा क्यान्सर उपचारमा देखिएका चुनौतीहरू तथा आधुनिक प्रविधिको प्रयोग बारे विशेषज्ञहरूबीच गहन छलफल गरिएको अस्पतालले जनाएको छ । 

यस्तै क्लिनिकल अभ्यासमा आएका नयाँ शोध, नवीन उपचार पद्धति र बहु–विषयक उपचार दृष्टिकोण बारे प्रस्तुतिहरू गरिएको छ ।

त्यसैगरी माघ १८ गते सैनिक अस्पताल इटहरीमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रममा विराट क्यान्सर इन्स्टिच्युटकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अस्मिता रायमाझीले क्यान्सरका लक्षण, जोखिम, प्रारम्भिक पहिचान तथा समयमै उपचारको महत्व, उपचार पद्धतिका बारे जानकारी दिएकी थिइन् । 

त्यसैगरी माघ १९ गते नेपाल पत्रकार महासंघ मोरङमा ‘भीआईए स्क्रिनिङ’ तथा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved