विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२, अमरदह स्थित वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयका एसएलसी २०४८ का मेधावी विद्यार्थी रेवतीप्रसाद आचार्य क्यान्सर रोगबाट पीडित भएको भन्दै उनको उपचारको लागि सहयोगको याचना गरिएको छ ।
सो विद्यालयको एसएलसी विद्यार्थी समूह२०४५–५० ले आचार्यका लागि सहयोगको आह्वान गरेको हो । हाल आचार्य अर्वुद रोगबाट थलिएर काठमाडौंमा उपचाररत छन् ।
सो समूहले आचार्यको जीवन रक्षाको याचना गर्दै भनेको छ– ‘अमरदह माविका मेधावी छात्र रेवतीप्रसाद आचार्य क्यान्सरसँग जुधेर नयाँ जीवन प्राप्तिका लागि संघर्ष गरिरहनु भएको छ । उहाँको उपचार त्रिवि महाराजगन्ज, काठमाडौंमा भैरहेको छ । उहाँलाई सवैको अञ्जुली अञ्जुली सहयोग, माया र साथले भगवानको अनुकम्पा प्राप्त हुनेछ ।
अतः विद्यालय परिवार, साथीभाई, इष्टमित्र, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक दल एवम् नेता कार्यकर्ता, बुद्धिजीवी, पत्रकार तथा सम्पूर्ण परिचित अपरिचित मानवता बोकेका महानुभावहरु सबै सबैको हरेक प्रकारको सहयोगको हामी २०४५ देखि २०५० ब्याच उहाँको जीवन रक्षाका लागि याचना गर्दछौं ।’
आचार्यको सहयोगका लागि भरत न्यौपानेलाई ९८५१०९४३६८ र ९८०११०५१४० मा सम्पर्क गर्न सकिने वा आफूले चाहेको रकम प्रभु बैंकको खाता नं ०४७०१३६६०९६०००१२ मा वा सिधै क्यूआर कोडमार्फत पनि जम्मा गर्न सकिने जनाइएको छ ।
View : 506
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved