विराटनगर । मोरङको जहदा गाउँपालिकामा शुक्रबारदेखि ‘जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३’ सुरु भएको छ ।
वैशाख १९ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टमा जहदा र धनपालथानका ७÷७ वटा टिमले सहभागिता जनाएका छन् ।
संस्थाका अनुसार टुर्नामेन्टमा जहदा र धनपालथान गाउँपालिकाका स्थानीय टिमहरुको सहभागिता रहेको छ ।
टुर्नामेन्टका क्वार्टर फाइनल खेलहरु वैशाख १५ र सेमिफाइनल खेलहरु १७ गतेबाट सुरु हुने आयोजक संस्था लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेशकुमार साहले बताए ।
उनले नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष टुर्नामेन्टको आयोजना गरिदै आएको जानकारी दिए ।
टुर्नामेन्टको फाइनल खेल भने बैशाख १९ गते हुने आयोजक संस्थाले जनाएको छ ।
संस्थाका अनुसार खेलको विजेता र उप–विजेता टिमले क्रमशः ५१ हजार र २५ हजारको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved