Biratnagar, Morang, Nepal
२२ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मैवाखोलामा ट्र्याक्टर पल्टिँदा २ जना बेपत्ता

उद्‌घोष संवाददाता
२२ भदौ २०८३, सोमवार

Advertisement

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको-३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहेका छन् ।

सोमबार बिहान २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो ।

सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा भएको जानकारी सोही ट्र्याक्टरमा सवार २४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको थियो । 

थप अनुसन्धान तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएको छ ।

View : 46

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved