Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजका दुई विद्यार्थी बने गोल्ड मेडलिष्ट

उद्‌घोष सम्वाददाता
२८ मंसिर २०८०, बिहिवार

विराटनगर : काठमाडौं युनिभर्सिटी(केयु)को  चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्री कोइरालाले गोल्ड मेडल प्राप्त गरेका छन् । उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा मेडल प्रदान गरेका हुन् । 

गोल्ड मेडलिस्ट ढकालले चिकित्सातर्फको आˆनो आकर्षण र इच्छाशक्तिले उक्त सफलता दिलाएको प्रतिक्रिया दिएका छन् । आफू झन्डै १० वर्षअघि चिकित्सा क्षेत्रमा रहेको मान, सम्मान, प्रतिष्ठाका कारण आकर्षित भएको उनले बताए । 

ढकालले भने, ‘कुनै बेला यो पेशामा रहेको प्रतिष्ठाले आकर्षित गर्‍यो । बुझ्दै जाँदा यो पेशाबाट सेवा गर्न सकिने देखेपछि निरन्तर लागिपरेको हुँ ।’ पढाइमा पहिलेदेखि नै अब्बल उनी सरकारको छात्रवृत्तिमा चिकित्सा विषय पढेका हुन् ।  दुई वर्ष सरकारले खटाएको ठाउँमा पुगेर उनले सेवा दिने छन् । त्यसपछि मात्रै विशेषज्ञता गर्ने योजना बनाएका उनको रुची इन्टरनल मेडिसिनतर्फ रहेको छ । 

यसैगरी छात्रातर्फकी गोल्ड मेडलिस्ट संस्कृति आफू बुझ्ने भएदेखि नै चिकित्सा पेशाप्रति आकर्षित भएको बताउँछिन् । आफूले त्यसबाहेकको पेशा परिकल्पना नै नगरेर लागिपरेकाले सफलता प्राप्त भएको उनले बताइन् । आमा रत्न कोइराला विराट मेडिकल कलेजकी बोर्ड अफ डाइरेक्टर भएकाले आफूलाई चिकित्सालाई सानैदेखि नजिकबाट नियाल्न पाएको उनले उल्लेख गरिन् । 

उनले भनिन्, ‘आमा बोर्ड अफ डाइरेक्टर भएकाले ऊक्त मेडिकल कलेजका डा ज्ञानेन्द्र कार्की अंकलको सत्रियता, लगाव र सेवा नजिकबाट महशुस गर्न पाएँ । त्यसले मलाई मेडिकल क्षेत्रमा नै सेवाका लागि राम्रो हुन सक्छ भन्ने लाग्यो ।’

आफूमा कहिले पनि विदेश पलायन हुने इच्छा नपलाएको उल्लेख गर्दै उनले सकेसम्म विशेषज्ञता पनि नेपालबाटै हासिल गर्ने कोशिस रहने बताइन् । नेपाल बाहिर जानु परेमा उनले भारत गएर विशेषज्ञता हासिल गरेर देशमै फर्किने योजना रहेको उल्लेख गरिन् । 

उनले थपिन्, ‘अमेरिका, युके र अष्ट्रेलियामा  मजस्ता डाक्टर जरुरी छैन । यही देशमा खाँचो छ । त्यसैले देशमै सेवा गर्नेछ ु।’ नेपालमा बच्चाको स्वास्थ्यमा अझै पनि उल्लेख सुधार नआएको बताउँदै बालरोग विशेषज्ञ बन्ने चाहना भएको उनले बताइन् ।

View : 301

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved