Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

युवाहरूद्वारा विराटनगरको सडकमा ट्राफिक रिफ्लेक्सन सौर्यवत्ती जडान

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उदेश्यले विराटनगरको बरगाछीदेखि आयल निगमसम्मको सडक क्षेत्रमा रिफ्लेक्सन सोलार लाइट (परावर्तित सौर्य वत्ती) जडान गरिएको छ ।

दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई दृष्टिगत गर्दै केही युवाहरूको सक्रियतामा १५ वटा रिफ्लेक्सन सोलार लाइट जडान गरिएको युवा अभियन्ता विनोद चहारले बताए ।

‘सफा विराटनगर, स्वस्थ विराटनगर’ अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेसहित स्थानीय युवाहरूको उपस्थितिमा सोलार लाइट जडान गरिएको जनाइएको छ ।

लाइट जडानमा सहयोग गरेका सन्तोष साहले युवाहरूको सहभागिताले मात्रै शहरको वास्तविक परिवर्तन सम्भव हुने बताए । आफ्नो समुहले महानगरपालिकाले नदेखेका धेरै कामहरू गर्दै आएको बताए । 

आफूहरूले आगामी दिनमा पनि युवाहरूको साथ जुटाएर विराटनगरको विकासमा सहयोग गर्ने बताए ।

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved