Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

शुभकामना आदानप्रदानका साथ हातेमालोको तदर्थ समिति गठन

उद्‌घोष संवाददाता
२ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर-१२ स्थित 'हातेमालो' संस्थाले बिक्रम राजवंशीको संयोजकत्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।

बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमका बीच साे नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवगठित समितिको सहसंयोजकमा मोदनचन्द्र लिम्बू, सचिवमा कल्याणराज कार्की, सहसचिवमा सुमन सहनी र कोषाध्यक्षमा रक्षा यादव चयन भएका छन् ।

 

यस्तै सदस्यहरूमा मलिना मण्डल, सोनम कामत, स्वेता कामत, राहुल भगत, रोहित भगत र रतन लाल शाह  छन् ।

"समाज, सद्भाव, विकास" भन्ने मूल नाराका साथ आयोजित साे कार्यक्रममा स्थानीय पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता  थियो ।

नवनिगठित तदर्थ समितिमार्फत आगामी दिनहरूमा समाज कल्याण र सामाजिक विकासका विभिन्न रचनात्मक कार्यहरू अगाडि बढाइने संस्थाका सदस्यहरूले बताएका छन् ।

सो अवसरमा नेपाली कांग्रेस मोरङ ६ (ख) का सभापति रामसुन्दर राजवंशी, राजवंशी सांस्कृतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगरका अध्यक्ष गणेश खड्का, नेका विराटनगर-१२ का सभापति डेडराज दाहाल, नेका विराटनगर-१२ का सचिव विनोदराजा रजक र जनता आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक ओम ढकाल लगायतले नेपाली चाडपर्वको सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved