Biratnagar, Morang, Nepal
१६ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चार जना वरिष्ठ योग प्रशिक्षक सम्मानित

विराटनगरमा चार योग प्रशिक्षक सम्मानित

Advertisement

विराटनगर  । योगको माध्यमबाट मानव स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चार जना योग प्रशिक्षक बुधबार सम्मानित भएका छन्।

गुरुपूर्णिमाको अवसरमा पतञ्जली योग समिति मोरङद्वारा विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

 

सम्मानित हुनेहरूमा विनु सापकोटा, लक्ष्मी चौधरी, ध्रुव तामाङ र सुरेश अग्रवाल छन्।

 

उनीहरू सबै पतञ्जली योग समिति मोरङका पूर्वअध्यक्षसमेत हुन्।

विसं २०६५ देखि निरन्तर रूपमा योग प्रशिक्षणसँगै आयुर्वेद र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

 

पतञ्जली योग समिति कोशी प्रदेशका प्रभारी मिस्टरप्रसाद चौधरी, उपाध्यक्ष गोविन्द खड्का, सचिव शोभा कोइराला र महिला जिल्ला अध्यक्ष सुची चौधरीले उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाई सम्मान गरेका थिए।

 

कार्यक्रममा पतञ्जली योग महानगर विराटनगरका अध्यक्ष माधव अधिकारी, महिला अध्यक्ष कुमारी तामाङ, मोरङ उपाध्यक्ष ऋषि खतिवडा र सचिव फणिन्द्र अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

सम्मानित व्यक्तित्वहरूको तर्फबाट ध्रुव तामाङले योग क्षेत्रमा आफूले गरेका कार्यहरूको अनुभव सुनाएका थिए।

कार्यक्रममा प्रदेश प्रभारी चौधरीले योगीले अहङ्कार त्याग्नुपर्ने र सोहीअनुसारको गुण अपनाउनुपर्नेमा जोड दिए।

View : 126

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved