Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रोटरी क्लब सेन्ट्रल र मिडटाउनको पदस्थापना

उद्‌घोष संवाददाता
१४ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर। रोटरी क्लब विराटनगर सेन्ट्रलको ११औं र रोटरी क्लब विराटनगर मिडटाउनको २५औं पदस्थापन समारोह बिहीबार सम्पन्न भएको छ।

 

समारोहमा स्मृति दाहालले रोटरी क्लब विराटनगर सेन्ट्रलको र विनोद बोहराले रोटरी क्लब विराटनगर मिडटाउनको अध्यक्ष पदको पदभार ग्रहण गरेका छन्।

 

त्यसैगरी, नयाँ कार्यसमिति अन्तर्गत रोटरी सेन्ट्रलमा सदीक्षा कार्की र मिडटाउनमा प्रतीष अग्रवालले सचिवको जिम्मेवारी सम्हालेका छन्। पूर्वअध्यक्ष सुजु कोइराला र घनश्याम काब्राले नयाँ अध्यक्षलाई आफ्नो कार्यभार सुम्पेका हुन्।

सो संयुक्त समारोहले आफ्नो कार्यकालको शुरुआतसँगै आपसी मैत्रीभाव, मानवीय सेवा र प्रभावकारी सामुदायिक कार्यक्रमहरूप्रति दुवै क्लबको दृढ प्रतिबद्धता झलकाएको छ।

यस वर्षको रोटरीको मुख्य नारा ‘दिगो प्रभाव सिर्जना गरौं’ रहेको छ, जसलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अङ्गीकार गरिएको छ।

View : 78

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved