Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

तीन स्रष्टा पुरस्कृत

उद्‌घोष संवाददाता
६ फागुन २०८०, आइतवार

विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरिएको हो ।

प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिको पुरस्कारसहित सम्मान गरेको हो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने र प्रतिष्ठानकी संरक्षक शोभा लामा बलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे ।

सो अवसरमा मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर टंक न्यौपाने, उपाध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, वरिष्ठ कवि जसराज किरातीलगायतले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको योगदानको चर्चा गरेका थिए ।

भोलि बास्ने बिहान कविता संग्रहका लेखक बलका विभिन्न कविता विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved