Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बखरी आविको वार्षिकोत्सवमा छात्रवृत्ति वितरण

उद्‌घोष संवाददाता
३ पुष २०८१, बुधवार

विराटनगर । विराटनगर–१२ सिथत बखरी आधारभूत विद्यालयको ३९ औं वार्षिकोत्सवको अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । 

कार्यक्रममा गुण–गोपाल अज्र्याल छात्रवृत्तिबाट कक्षा १ देखि ८ सम्मका कक्षागत परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । 

सो छात्रवृत्तिका संरक्षक मणि–गायत्री अज्र्यालले छात्रवृत्ति वितरण गरेका थिए ।

सो अवसरमा वार्षिकोत्सवमा भएको खेलकुद कार्यक्रममा विजयी विद्यार्थीलाई कपि डडपेनसहित पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा सो विद्यालयमा अध्ययनरत दुई सय बढी विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गरिएको थियो । समारोहमा मञ्जु बस्नेतलाई वर्षको उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेल, विराटनगर महानगर शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षासेवी डा उद्धव पोखरेल, जनता आधारभूत विद्यालय दरहियाका प्रधानाध्यापक ओम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कामत, संस्थापक प्रधानाध्यापक महेश यादव,विराटनगर १२ का वडा सदस्य कुशेश्वर विराट राजवंशी, पूर्व प्रधानाध्यापक गीता ढकाल लगायतले मन्तव्य राखेका थिए ।

View : 458

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved