विराटनगर । मोरङसँग सीमा जोडिएको भारतको अररिया जिल्लामा त्यहाँका प्रहरीले चार महिनामा नेपाली रुपैयाँ छ करोड भन्दा बढी मूल्यको खैरो हेरोइन जफत गरेको छ ।
भारतीय प्रहरीले अभियानकै रुपमा सघन जाँज चलाएर चार महिनामा साढे चार किलो भन्दाबढी हेरोइन जफत गरेको हो ।
गत शनिबार मात्रै एक किलो ३५ ग्राम खैरो हेरोइनसहित अररियामा चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
बंगलादेश हुँदै पश्चिम बंगालबाट भारतका विभिन्न ठाउँ र नेपालमा समेत कारोबारीहरुले खैरो हेरोइन पठाउने गर्छन् । नेपाल ल्याइने खैरो हेरोइन अररियाको बाटो भएरै ल्याउने गरिएको छ ।
शनिबार लागुऔषध खैरो हेरोइनसँगै पश्चिम बंगालको मालदा निवासी मोहमद उमर अली, रोहित सेख, सविरुल सेख र सदिकुललाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
कारमा लुकाइ राखेको अवस्थामा हेरोइन बरामद भएको हो । अररियाको जिरोमाइल इस्तमा टोल निवासी हैदर भन्ने व्यक्ति यसको कारोवारी हो । जसलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
हैदर पक्राउपछि निजको बहिनी लिलोले कारोबार चलाउने गरेको प्रहरीको भनाइ छ ।
लागुऔषधका विरुद्धमा सघन जाँच चलाएसँगै नेपालतर्फ पनि नेपाल प्रहरीले झापा, मोरङ र सुनसरीमा सघन जाँच अभियान चलाएर यसको कारोवार र सेवनमा संलग्न धेरै जनालाई पक्राउ गरेको छ ।
पछिल्ला दिनहरुमा झापा र मोरङ प्रहरीले एकैपटक आधि किलोसम्म खैरो हेरोइन बरामद गरेको घटना सार्वजनिक हुँदै आएको छ । यसले नेपालमा लागूऔषध सेवनकर्ताको संख्या बृद्धि भएको देखाउँछ ।
View : 120
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved