Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बादर धपाउन बन्दुक पड्काउदा मृत्यु

उद्‌घोष संवाददाता
११ वैशाख २०८१, मङ्गलवार

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राती मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा स्थानीय ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट गएको प्रहरी टोलीले अनुसन्धान तथा कानूनी कारवाही थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

View : 522

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved