Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय इङ्लिस स्कुलमा दशैंको रौनक

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा विद्यार्थीहरूले शिक्षक–शिक्षिकाबाट टीका–जमरा ग्रहण गर्दै बडादशैंको खुसी साटासाट गरेका छन् ।

नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्दै विद्यार्थीलाई चाडपर्वको महत्व बुझाउने उद्देश्यले विद्यालयले दसैं विशेष कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा विद्यार्थीहरूले टीका–जमरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले शिक्षासँगै असल संस्कार, नैतिक मूल्य र व्यवहारिक ज्ञान प्रदान गर्नु पनि विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको बताए । 

यस्ता कार्यक्रमले विद्यार्थीमा नेपाली संस्कृति र परम्पराप्रति सम्मान, ठूलाबडाप्रति आदर तथा आपसी प्रेम र सद्भावको भावना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

View : 25

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved