Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

दोस्रो दिन फुटबल र एथलेटिक्सका प्रतिस्पर्धा

अरिहन्त माविमा खेलकुद सप्ताह

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

विराटनगर ।  विराटनगर-४ स्थित अरिहन्त माध्यमिक विद्यालयमा 'अरिहन्त खेलकुद सप्ताह' उत्साहका साथ सञ्चालनमा रहेको छ। पुस १ गतेदेखि सुरु भएको यो आयोजना पुस ७ गतेसम्म चल्नेछ।

खेलकुद सप्ताहको दोस्रो दिन बुधबार विभिन्न व्यक्तिगत र समूहगत प्रतिस्पर्धा सम्पन्न भए। फुटबल र ब्याडमिन्टन मुख्य आकर्षणका रूपमा रहे भने एथलेटिक्सअन्तर्गत १०० मिटर र २०० मिटर दौडमा विद्यार्थीहरूले आफ्नो गति र क्षमता प्रदर्शन गरे।

साना विद्यार्थीहरूका लागि म्युजिकल चेयर, पुटिङ टीका लगायतका मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिएको थियो।

विद्यालयका सहायक प्राचार्य सविन माझीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्त्व रहेको बताउँदै भने, "विद्यार्थीभित्रको लुकेको प्रतिभा उजागर गर्न र उनीहरूमा अनुशासन तथा सामूहिक सहकार्यको भावना विकास गर्न हामी हरेक वर्ष यो आयोजना गर्दछौं।"

मङ्गलबार भव्य मार्च पास्टसँगै यो सप्ताहको सुरुवात भएको थियो। पहिलो दिन टेबल-टेनिस, थैली दौड, गणित दौड, रस्सी खेल लगायतका प्रतियोगिताहरू सम्पन्न भएका थिए।

आगामी दिनहरूमा स्मरण परीक्षण, चम्चा दौड, सुस्त साइकल दौड, टाई लगाउने दौड, चकलेट दौड, पुस्तक सन्तुलन, बेलून होल्डिङ, धागो र सियो, हात्ठी फोड र बल लक्ष्य भेद जस्ता रोचक खेलहरू समावेश गरिएको छ।

विद्यालय प्रशासनका अनुसार हाल विभिन्न खेलहरूको समूह चरण र छनोट चरणका खेलहरू भइरहेका छन्। अधिकांश खेलहरूको फाइनल प्रतिस्पर्धा आगामी आइतबार र सोमबार हुने तय गरिएको छ। समापन दिन विजेताहरूलाई पदक, प्रमाणपत्र र ट्रफी वितरण गरिनेछ।

View : 579

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved