Biratnagar, Morang, Nepal
१८ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

अविश्वासको प्रस्ताव फेस गर्न तयार छु : हिक्मत कार्की

उद्‌घोष संवाददाता
१७ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । आफुलाई हटाउने गरी आफ्नै दलका सांसदले अविश्वास प्रस्ताव ल्याए त्यसलाई फेस गर्ने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको लाइन भन्दै मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गर्न दवाव दिएपछि मुख्यमन्त्री कार्कीले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताएका हुन् । 

कार्कीले पार्टीको सचिवालयले संस्थागत निर्णय नगरेसम्म राजीनामा नदिने अडानमा रहेका कार्कीले भने अहिलेको सन्दर्भमा यस्तो प्रयासले राजनीतिक अस्थिरता बढाउने बताएका हुन् ।

एमाले संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री कार्कीलाई हटाएर उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा सक्रिय झापाकै एक सांसदले आवश्यक पर्दा अविश्वासको प्रस्तावसम्म पुग्नुलाई अनौठो मान्न नहुने बताए ।

त्यसअघि दलकै नेता फेर्ने गरी तयारी भएपछि कार्की पक्षले चलाखीपूर्वक संसदीय दलको विधान हेरफेर गरेको मेन्याङ्बो निकट सांसदले आरोप लगाएका छन् ।

कोशीमा एमालेका उपसभामुख बाहेक ३९ जना सांसद छन् । 

दलको नेता फेर्ने प्रस्ताव दुई तिहाई सांसदले लिखित रुपमा प्रस्तुत गर्नुपर्ने दलको विधानमा उल्लेख गरिएको छ । दलको नेताविरुद्धको अविश्वास प्रस्तावमै दुई तिहाई चाहिने व्यवस्थाले मेन्याङ्बो पक्षलाई ‘मुभ’ गर्न कठिनाई भएको हो ।

यस्तो व्यवस्थाले ३९ जना सांसद मध्ये २६ जनाको समर्थन मेन्याङ्बो पक्षलाई आवश्यक हुन्छ । यसै कारण कार्कीको कुर्सी हल्लिन कठिन देखिएको हो ।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) अन्तरगतका मुख्यमन्त्री हुन् । यो उपधारा अन्तरगतको मुख्यमन्त्री कायम राख्ने वा हटाउने भन्ने प्रस्तावमा पक्ष विपक्षमा उभिन सांसदहरूलाई दलको ह्वीप पनि लाग्दैन ।

View : 71

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved