Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सातै प्रदेशमा कृषि गणना सुरु

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो पटक तीन तहका सरकारको सहकार्यमा सातै प्रदेशमा कृषि गणना सुरु गरेको छ । 

मन्त्रालयले आफ्नै आन्तरिक जनशक्ति र स्रोत साधनको प्रयोग गरी मितव्ययी ढंगले गणना सञ्चालन गरेको हो । 

गणकहरू किसानको घरदैलोमै पुगेर मोबाइल र ट्याबको प्रयोगमार्फत तथ्यांक संकलन गरिरहेका छन्, जसले कार्यक्रमलाई प्रभावकारी बनाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार यो गणनाबाट प्राप्त तथ्यांकले देशको कृषि क्षेत्रको अवस्था स्पष्ट रूपमा देखाउने र सोही आधारमा आवश्यक नीति तथा योजना बनाउन सहयोग पुग्नेछ ।

पहिलो चरणमा कृषि प्राविधिक तथा गणकहरूले कृषकको पहुँच, बीउ–मलको प्रयोग, सिंचाइ सुविधा, कृषि उत्पादन, भण्डारण संरचना, प्रविधिको प्रयोग, कृषि बीमा, वित्तीय पहुँच तथा पशुपालनको अवस्थालगायत विषयमा विस्तृत जानकारी संकलन गरिरहेका छन् । 

घरदैलोमै पुगेर तथ्यांक लिइएकाले वास्तविक अवस्था झल्किने अपेक्षा गरिएको छ ।

दोस्रो चरणमा संकलित तथ्याङ्कलाई विश्लेषण गरी देशको कृषि अवस्थाको आधिकारिक परिणाम सार्वजनिक गरिनेछ । मन्त्रालयले सुपरीवेक्षकलाई तालिम दिई उनीहरू मार्फत गणकलाई समेत प्रशिक्षण दिने व्यवस्था मिलाएको छ ।

अधिकारी रेग्मीका अनुसार पहिलो चरणको काम पूरा भएपछि मात्र दोस्रो चरणको प्रक्रिया अघि बढाइनेछ ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved