Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु

३० भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मोरङको बुढीगंगामा सोमबार साँझ सडक दुर्घटनामा परी सशस्त्र प्रहरी बलका सहायक हवल्दारको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार बुढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा–४ निवासी सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको हो ।

दुर्घटना लगत्तै खड्कालाई उपचारका लागि विराट मेडिकल कलेज पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतक खड्का सशस्त्र प्रहरी बल सप्तरीको स्वर्णकट्टीस्थित बोर्डर आउट पोष्टमा कार्यरत रहेको जनाइएको छ ।

प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ । 

बस तीव्र गतिमा रहेको र सोही क्रममा मोटरसाइकलले बाटो काट्दा दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved