Biratnagar, Morang, Nepal
२१ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

परिवार नियोजन संघ मोरङमा  पुनः  हरिहर  रिजाल

उद्‌घोष संवाददाता
२१ असार २०८३, आइतवार

Advertisement

विराटनगर ।  नेपाल परिवार नियोजन संघ, मोरङ शाखाको ३६ औं साखा सभाले  हरिहर रिजाललाई  पुनः सभापतिमा चयन गरेको छ । संस्थाको विधान बमोजिम आगामी तीन वर्षे कार्यकालका लागि  कोषाध्यक्ष पदमा राजन न्यौपाने चयन भएका छन् ।  


कार्यक्रममा निवर्तमान सभापति सन्तनु रेग्मी, पूर्व सभापति विश्वनाथ रिजाल, विराटनगर–९ का वडा अध्यक्ष विश्वनाथ भगत, र ५ का वडाध्यक्ष सन्तोष न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले परिवार नियोजन र प्रजनन स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

 

शाखाका कानुन विशेषज्ञ सदस्य निर्मला निरौला (अर्याल) र वरिष्ठ शाखा प्रबन्धक शंकरप्रसाद दाहालले शाखाद्वारा प्रदान गरिएका सेवा र कार्यक्रमबारे थप स्पष्ट पारेका थिए ।

सभाले संस्थाको आर्थिक अनुशासन र पारदर्शितालाई आगामी दिनमा पनि निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


सभामा यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ सदस्य डा. राजाबाबु मण्डलले सन् २०२५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाले वर्षभरि हासिल गरेका उपलब्धिहरूमाथि प्रकाश पारे ।  

प्रतिवेदन अनुसार, शाखाले यस वर्ष सेवा तथा परामर्श, परिवार नियोजन, स्त्रीरोग, बाल स्वास्थ्य तथा खोप, र सुरक्षित गर्भपतन लगायतका विभिन्न सेवाहरू अन्तर्गत हजारौं लाभग्राहीहरूलाई सेवा प्रदान गरेको छ ।

साथै, जनसंख्या तथा परिवार नियोजन दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँगको अन्तरक्रिया, र युवा लक्षित यौनिकता शिक्षा कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएको छ ।

 

सेवाको गुणस्तर अभिवृद्धि गर्न नियमित समीक्षा र स्व–मूल्यांकन बैठकहरू पनि नियमित रूपमा सञ्चालन गरिएको जानकारी प्रतिवेदनमा दिइएको छ ।
त्यसैगरी, शाखाका कोषाध्यक्ष टंकप्रसाद खतिवडाले सन् २०२५ को विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा १ जनवरी २०२५ मा रु. ६ लाख  ६० हजारको सुरुवाती मौज्दात रहेकोमा  तथा अन्य स्रोतबाट रु. १ लाख ११ हजार आम्दानी भएको र विभिन्न परियोजना तथा सञ्चालन खर्च  भएको विवरण पेस गरियो ।

प्रतिवेदन अनुसार ३१ डिसेम्बर २०२५ सम्ममा शाखाको कुल अन्तिम मौज्दात रु २३ लाख  ९२ हजार कायम भएको छ ।

 

सभाले दुवै प्रतिवेदनहरूमाथि विस्तृत छलफल पश्चात् सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

साथै शाखको कूल आय–व्यय ७६ लाख ७९ हजार वासालात छ ।

View : 199

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved