Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

किड्स भिलेज र मारिया किड्सबीच सहकार्यको सम्झौता

सहकार्यपछि दुवै विद्यालयले बालबालिकाको भविष्य निर्माणमा केन्द्रित हुँदै गुणस्तरीय, समसामयिक र प्रगतिशील शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छन्।
उद्‌घोष संवाददाता
३ माघ २०८१, बिहिवार

विराटनगर/विराटनगरका दुई मन्टेश्वरी विद्यालय किड्स भिलेज र मारिया किड्सबीच शैक्षिक सहकार्यका लागि एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

विसं २०७० सालमा स्थापित .विराटनगर–५ को किड्स भिलेज स्कुल र विसं २०७३ स्थापित बुढीगंगा–१, पुष्पलालचोकस्थित मारिया किड्स मन्टेश्वरी स्कुलबीच सहकार्य गर्दै अघि बढ्ने सम्झौता भएको हो।

सो सम्झौता अन्तर्गत अब दुवै विद्यालयले पूर्व प्राथमिक तहदेखि  आधारभूत तहसम्मको शिक्षामा मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिएको जनाइएको छ ।

 

कार्यक्रममा किड्स भिलेजका प्राचार्य विजय दाहालले ‘शिक्षालाई समयसापेक्ष र बालबालिकाको मनोविज्ञानअनुसार विकास गर्ने हाम्रो प्राथमिकता हो,’ भन्दै अभिभावकको चाहनालाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै, मारिया किड्स मन्टेश्वरीका प्राचार्य  मनिष पोखरेलले ‘विराटनगरको शिक्षालाई गुणस्तरीय बनाउन एकता आवश्यक छ। यो सहकार्यले अभिभावकको अपेक्षाअनुरूप बालमैत्री शिक्षा प्रदान गर्नेछ, भनिन् । 

 

कार्यक्रममा किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडाले दुवै विद्यालयबीचको सहकार्यले विराटनगरको शैक्षिक क्षेत्रलाई उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा किड्स भिलेज स्कुलका प्रवन्ध निर्देशक पंकज जैन, मारिया किड्स मन्टेश्वरीका  प्रवन्ध निर्देशक नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, संयोजक प्रियंका दाहाल, शिक्षक र कर्मचारी समेतको उपस्थिति थियो।

सहकार्यपछि दुवै विद्यालयले बालबालिकाको भविष्य निर्माणमा केन्द्रित हुँदै गुणस्तरीय, समसामयिक र प्रगतिशील शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छन्।

View : 649

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved