विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्डलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ ।
संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनोट खेल तथा तयारीका लागि भन्दै लिएको रकम बेरुजु देखिएकोले फिर्ता गरेको हो ।
बोर्डबाट आर्थिक वर्ष २०८०–८१ मा निकासा भएको सो ६ लाख रुपैयाँ बेरुजु देखिंदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खाताको सो रकम जम्मा गर्दै बेरुजु फछ्र्यौट गरिदिन बोर्डमा निवेदन दिएको थियो ।
बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेलकुद संघमार्फत उपलब्ध गराएको रकम लामो समयदेखि बेरुजु देखिन आएको रकम फछ्र्यौट गराउन सक्रियता बढाएको बताए ।
उनले खेल क्षेत्र र खेलाडीमाथि लगानी गरिएको रकम विभिन्न कारणले बेरुजु देखिँदा त्यसले समग्र खेल क्षेत्रमाथि प्रश्न उठ्ने भन्दै बेरुजु रकम फछ्र्यौट गर्न आवश्यक पहलकदमी लिएको बताए ।
बोर्डले यसै आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुलउपर गर्नु पर्ने आठ लाख रुपैयाँसमेत असुल गरिसकेको जनाइएको छ ।
जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नाममा हिनामिना भएको २५ लाख बढी रुपैयाँसमेत असुल गर्नका लागि आवश्यक कानुनी प्रक्रिया थालिएको जनाइएको छ ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved