विराटनगर । सातौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीप–२०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले बिदाइ गरेको छ ।
राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गते सम्म काठमाडौंमा हुने च्याम्पियनशीपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बोर्डले बिदाइ गरेको हो ।
खेलाडी बिदाइ कार्यक्रममा बोल्दै खेलकुद विकास बोेर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय स्तरको प्रतियोगिताका विजेताहरूलाई बोर्डले नगदसहित सम्मान गर्ने गरेको स्मरण गर्दै च्याम्पियनशीपका विजेताहरूको समेत बोर्डले उचित मूल्याङ्कन गर्ने बताए ।
बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले प्रतियोगितामा विभिन्न वजन समूहको स्पर्धामा कोशी प्रदेशबाट २५ जना खेलाडी र ३ जना प्रशिक्षकको सहभागिता रहने जानकारी दिए ।
View : 633
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved